Sajhamanch Archive

चट्याङ लागेर बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं.३ खार्ताम्छामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

ट्याम्के मैयुङ गाँउपालिका वडा नं.१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *