Sajhamanch Archive

मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, पैदलयात्री घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

दाङ । मोटरसाइकल दुर्घटनामा दाङमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

दाङको बबई गाउँपालिका वडा नं.६ का ३७ वर्षीय मोटरसाइकल चालक खिमबहादुर वलीको मृत्यु भएको हो।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडा निवासी १८ वर्षीय कमल योगी गम्भीर घाइते भएका छन्।

आइतबार बेलुका ८ बजेर २० मिनेट जाँदा तुलसीपुरबाट घोराहीतर्फ वलीले चलाएर जाँदै गरेको रा ३ प ४७९५ नम्वरको मोटरसाइकलले पैदलयात्री योगीलाई ठक्कर दिएको थियो।

दुर्घटना पछि दुबै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा लगिएकोमा मोटरसाइकल चालक वलीको उपचारका क्रममा राति साढे ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।

घाइते योगीलाई राति नै प्रतिष्ठानको उपचार पछि थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी खड्काले बताए।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *