Sajhamanch Archive

हङकङबाट काठमाडौं आइपुगे सात नेपाली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । हङकङबाट सात जना नेपाली नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं ओर्लेका छन्।

यसरी ओर्लिएका नेपालीसँग नेपाल सरकारले तोकेको करोना परीक्षण कुनै पनि प्रमाणपत्र वा कागजपत्र छैन। कागजपत्र नभएकाले उनीहरूलाई अध्यागमनमा रोकेर राखिएको छ।

यसरी काठमाडौं आउनेहरूमा सन्दिप चापागाईं, दिल कार्की, सुकुम लक्चुम, वाङ लामा, सारा शर्मा, हेम श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन्। अध्यागमन श्रोतका अनुसार उनीहरू बिहान साढे ६ बजे विमानस्थल ओर्लिएका हुन्।

हाल नेपाली अध्यागमनमा नै रोकेर राखिएका उनीहरूसँग आवश्यक स्वास्थ्य सम्बन्धी कागजपत्र नभएकाले उनीहरूलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको श्रोतले जानकारी दिएको छ।

हङकङस्थित नेपालको कन्सुलेटको अनुमतिमा उनीहरूलाई स्वास्थ्य जाँचको कागजपत्र नभइ विमान चढ्न दिइएको हो।

कन्सुलेटको स्वीकृति बिना यसरी जहाज चढेर आउन सम्भव छैन। स्वास्थ्य जाँचको आवश्यक कागजपत्रबिना उनीहरूलाई कन्सुलेटले किन र के कारणले जहाज चढ्ने अनुमति दियो भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन सकेन।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *