Sajhamanch Archive

आइसोलेसनमा मृत्यु भएका पुरूषको कोरोना रिपोर्ट नेगेटिभ

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

 बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा आइतबार मृत्यु भएका पुरूषको स्वाब परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको छ।

क्वारेन्टिनमा रहँदा बिरामी भएका गुल्मीको धुर्कोट गाउँपालिकाका ४२ वर्षीय पुरूषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टिनमा बसेका उनलाई तीन दिनदेखि ज्वरो, रूघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि तम्घास हुँदै शनिबार बुटवल ल्याइएको थियो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतकको आरडिटी पोजेटिभ आएको भए पनि पिसिआर परीक्षणमा कोरोना नेगेटिभ आएको जानकारी दिए।

उनलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखी उपचार भइरहँदा मृत्यु भएको जानकारी दिए। मृतकको स्वाब रिपोर्ट कोरोना नेगेटिभ आएकोले शवलाई परिवारको जिम्मा लगाइने भएको छ।

रिपोर्ट नआउँदासम्म उनको शवलाई अस्पतालमा राखिएको थियो।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *