Sajhamanch Archive

विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ ।

पछिल्लो एक दिनमा मात्रै विश्वमा एक लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वमा ४१ लाख ५२ हजार ६ सय ६८१ जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३६ हजार ४ सय ७० जनाको ज्यान गएको छ ।

अमेरिकामा २१ लाख ६६ हजार ६ सय ७७ जना सङ्क्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ९ सय जनाको ज्यान गएको छ ।

यस्तै सङ्क्रमण धेरै भएको देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा ४ लाख ५३ हजार ५ सय ६८ जनाले कोरोनालाई जितेका छन् भने ४३ हजार ३ सय ८९ जनाको ज्यान गएको छ ।

यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना सङ्क्रमित छन् भने ७ हजार ९१ जनाको ज्यान गएको छ । रुसमा २ लाख ४५ हजार ५ सय ८० जना निको भएका छन् ।

चौथो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्या ३ लाख ३६ हजार १ सय ८५ पुगेको छ । भारतमा ९ हजार ५ सय ९० जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *