Sajhamanch Archive

‘२५ करोडको पढाइ बजेट सक्ने मेलो मात्रै हुने हो कि ?’

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by .

काठमाडौं । कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यालय गएर हुने शैक्षिक क्रियाकलाप भन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ । कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

लकडाउनका कारण चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउने मन्त्रालयका अधिकारी बताउँछन् । कसरी सिकाउने भनेर अलमलमा परेको मन्त्रालयले निर्देशिका जारी गरी चार वटा वैकल्पिक उपाय अपनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *