Sajhamanch Archive

भारतको चेन्नाईबाट आएका थिए मेचीनगरका तेस्रो संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगरमा तेस्रो व्यक्तिका रुपमा कोरोना संक्रमित पुष्टि भएका २२ वर्षीय एक पुरुष भारतको चेन्नाईबाट गत जेठ २७ गते काँकरभिट्टा आइपुगेका थिए ।

चेन्नाईबाट उनी गत जेठ २७ गते नेपाल–भारत सीमा नाकाको दशगजा स्थित मेचीपुलमा आइपुगेका थिए ।

उनलाई मेचीपुलबाट एम्बुलेन्समा हालेर सिधै मेचीनगर वडा नं.५ स्थितबालकल्याण माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त क्वारेन्टाइनमा बसेका ४४ जना मध्ये ३८ जनाको गत जेठ २७ गतेनै पीसीआर टेष्ट गरिएको थियो ।

३८ जना मध्ये उनको मात्र पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *