Sajhamanch Archive

युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।

उडान रद्धबारेको सूचना आइतबारै दूतावासले दुतावासको आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो ।

अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।

स्वदेश फर्काइदिन माग गर्दै दूतावास पुगे पीडित

तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

हेर्नुहोस् भिडियो

सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो ।

दूतावासको कोठाभित्रैबाट दूतावासका कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरुलाई सम्झाउँदै थिए । आफूहरु पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे । तर कर्मचारीहरुले उद्धार गर्ने काम आफूहरुको नरहेको भन्दै रुखो जवाफ फर्काएका थिए । दूतावासका कर्मचारीहरुको व्यवहारले पीडित झनै आक्रोशित बनेका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *