Sajhamanch Archive

केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं ।  संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ ।

सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु कर्मचारीविहीन बन्ने समस्या देखिएको हो ।

संघीयतामा गइसकेपछि केन्द्रीय सरकारअन्तर्गत बढीमा २५ हजारभन्दा कर्मचारी आवश्यक नपर्ने भए पनि मन्त्रालयको संख्या घटेसँगै सरकारले हालै गरेको अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संघीय सरकारअन्तर्गत कर्मचारी दरबन्दी ४५ हजार पुर्‍याइएको छ ।

त्यसैगरी १५ हजारभन्दा बढी कर्मचारी आवश्यक नपर्ने प्रदेश सरकारको दरबन्दी बढाएर २१ हजार पुर्‍याइएको छ । संघीय सरकार र प्रदेश सरकारमा आवश्यकताभन्दा बढी कर्मचारीहरु थुपारेसँगै स्थानीय तहमा झण्डै २० हजारको हाराहारीमा कर्मचारी अपुग हुने भएको छ।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *