Sajhamanch Archive

मेची अस्पतालको आइसियु कक्ष शील अन्य सेवा सुचारू

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by .

भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरको आईसियु कक्ष शील गरिएको छ भने अन्य सेवा सुचारू रहेको छ ।

आइसियु कक्षमा राखेर उपचार गरिरहेका एक व्यक्तिमा सोमवार कोरोना संक्रमण पुष्टि भएपछि आइसियु कक्ष शील गरी अन्य सेवा सुचारू रहेको मेडिकल सुपरिटण्डन डा. पिताम्बर ठाकुरले जानकारी दिए ।

मेसु डा. ठाकुरका अनुसार २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने छन् । अस्पतालमा शनिवार भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आईसियु कक्ष, आइसोलेसन, इमरजेन्सी, ल्याब लगायतमा कार्यरत स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्नु पर्ने अवस्था आएको हो ।

अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्सरेका कर्मचारीसहित २५ जना भन्दा बढी क्वारेन्टिनमा बस्नु पर्ने अवस्था आएको छ । अस्पतालले तयार गरेको क्वारेन्टिन र स्वास्थ्यकर्मीको क्वारटलाई क्वारेन्टिनको रूपमा प्रयोग गरिने जनाइएको छ ।

यता अस्पताल आसपासका बासिन्दाले भने अस्पताल क्षेत्र नै शील गरेर निसंक्रमित बनाएर सेवा सुचारू हुनु पर्ने माग गरेका छन् । उनीहरूले अस्पताल भित्रका विभिन्न फाँटमा कोरोना संक्रमितको कन्ट्राक्ट भएको कारण आशंकित सवैको कन्ट्रक्ट ट्रेसिङ गरेपछि अस्पतालको सेवा सुचारू गरिए संक्रमण त्रास नहुने जनाएका हुन् ।

अन्य सेवाको बारेमा अस्पताल सञ्चालन समितिको बैठकले निर्णय गर्ने मेसु डा. ठकुरको भनाइ छ ।

भद्रपुर वडा नम्बर ८ का ती व्यक्ति भारतबाट जेठ २९ गते फर्किएका हुन् । उनी मेची बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । उनको छातीमा समस्या भएपछि शनिवार मेची अञ्चल अस्पताल ल्याएका ती युवालाई ईमरजेन्सीबाट आईसियुमा राखिएको थियो । सोमबार संक्रमणको पुष्टि भएपछि उनको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *