Sajhamanch Archive

कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या २० पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बाँके र । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । बैजनाथ–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए ।

कोरोना कारण यसअघि १९ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिइसकेको छ । अहिले आफू चिकित्सकसहितको टोली लिएर कन्ट्याक्ट ट्रेसिङका लागि मृतकको घरमा रहेको वडाध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *