Sajhamanch Archive

जर्मन बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखलाई

Published: in खेलकुद by .

एजेन्सी । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो ।

युरोपका शिर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ देखि २०१८-१९ सम्म लगातार आठ पट सिरी ए जितेको थियो ।

व्रेमेनलाई उसैको मदानमा पराजित गर्दै रोवर्टो लेवान्डोस्कीले पहिलो हाफमा एक गोल गरे । उनले ४३औं मनेटमा गरेको गोल नै उपाधि दिलाउन निर्णायक बन्यो । ७९औं मनेटमा अल्फोन्सो डेभिस ७९औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्न दश खेलाडीमा झरेको थियो । तर ब्रेमेनले त्यसको फाइदा उठाउन सकेन ।

लिगमा लगातार ११ खेल जितेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ । बायर्नको ३२ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको डर्टमण्डको ६६ अंक छ ।

कोरोना भाइरस महामारीले क्लोज डरमा फुटबल खेल्नुपरेकोले बायर्नले दर्शक बिना नै उपाधिको खुशी मनाउनुपरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *