Sajhamanch Archive

स्पानिस ला लिगामा रियलको सहज जित

Published: in खेलकुद by .

एजेन्सी । करिम बेन्जामाको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा सहज जित हात पारेको छ । बिहीवार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।

पहिलो हाफमा भ्यालेन्सियाले गोलरहित बराबरीमा रोके पनि रियलले घरेलु मैदानमा सबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको अन्तिमतिर भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।

खेलको २१औं मिनेटमा भ्यालेन्सियाले अग्रता लिए पनि गोलले मान्यता पाएन । रोडरिगो मोरेनोले गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन।

दोस्रो हाफमा भने रियलले उत्कृष्ट प्रदर्शन गर्‍यो । ६१ औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई अग्रता दिलाए । ७४औं मिनेटमा मार्को असेन्सिओले रियलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३-० को अगरता बनाएको हो ।

जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी २ मा घटाएको छ र उपाधि होडलाई कायमै राखेको छ । रियलले २९ खेलबाट ६२ अंक जोडेको छ । लिडर बार्सिलोनाको समान खेलबाट ६४ अंक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *