Sajhamanch Archive

वैदेशिक रोजगारी खुला गर्ने निर्णय, विद्यार्थी पनि जान पाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ । संक्रमितको सख्ंया बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।

बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

सीसीएमसीले अत्यावश्यक काम बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ ।

स्रोत  : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *