Sajhamanch Archive

नागरिकताबारे छलफल गर्न काँग्रेसले बोलायो पदाधिकारी बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । शनिबार साँझ शीर्ष नेताबीच भएको छलफलपछि पार्टी सभापति शेरबहादु देउवाले भोलि (आइतबार) विहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय लिएपछि यसबारे संस्थागत धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

देउवाले आज साँझ पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका प्रमुख सचेतक, सचेतक, राष्ट्रिय सभाका संसदीय दलका नेता राज्य व्यवस्थापन तथा सुशासन समितिका समस्यहरुबीच आफ्नो निवास बढानीकण्ठमा छलफल गरेको थिए ।

नेकपाको निर्णयसँगै राज्य व्यवस्था तथा सुशासन समितिले आइतबारको बैठकमा सहमति नजुटे बहुमतका आधारमा विधेयकलाई प्रक्रियाबाट अगाडि बढाउने तयारी छ । तर काँग्रेस उपभापति विमलेन्द्र निधिले भने नेकपाको निर्णयको विरोध गर्दै नागरिकता ऐन, २०६३ तलमाथि गर्ने विषयमा सहमति हुन नसक्ने बताएका छन् ।

उक्त विधेयक संशोधन आवश्यक नरहेको भन्दै काँग्रेसले अडान लिएकाले २०७५ साउनदेखि संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रोकिएको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *