Sajhamanch Archive

मानव तस्करी अन्त्य गर्न सरकार, नागरिक समाज र निजी क्षेत्र एकै ठाउँमा

Published: in राष्ट्रिय समाचार by .

मानव तस्करीविरुद्ध साझेदारी गर्ने घोषणापछि सरकार, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधि ।

काठमाडौं – नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रले नेपालबाट हुने मानव तस्करी विरुद्ध मिलेर काम गर्ने घोषणा गरेका छन् ।

३० जुलाई अथवा मानव तस्करी विरुद्ध विश्व दिवसको अवसर पारेर तस्करीविरुद्ध साझेदारी गरेर काम गर्ने घोषणा गरिएको हो । मानव तस्करी विरुद्ध साझेदारी गरेर अगाडि बढ्नका लागि सरकारका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहभागी हुनेछन् ।

त्यस्तै, युएसएड, हाम्रो सम्मान परियोजना, नेशनल विजनेश इनिसिएटिभ (एनबिआई), माइक्रोसफ्ट इनोभेसन सेन्टर, चौधरी ग्रुप, सुरक्षित वैदेशिक रोजगारीका लागि राष्ट्रिय सञ्जाल नेपाल (एनएनएसएम) र महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले पनि मानव तस्करी अन्त्य गर्न सहकार्य गर्नेछन् ।

यी सरकारी, निजी तथा गैरसरकारी संस्थाले अब नेपालबाट हुने मानव तस्करी अन्त्य गर्न स्रोत साधन लगायतमा साझेदारी गर्नेछन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *