ब्राजिल बन्यो कोरोनाबाट विश्वमै बढी मृत्यु हुने दोस्रो देश
Published:
by .काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देश बनेको छ ।
कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ ।
विश्वभर भने संक्रमितको संख्या ९० लाख ४४ हजार नाघेको छ । संक्रमितको बढ्दो संख्यालाई आंकलन गर्दा अबको एक दुई सातामै संसारमा कोरानाबाट संक्रमित हुनेको संख्या एक करोड पुग्ने देखिँदैछ ।
कोराना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या भने ४ लाख ७० हजार कटेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २२ हजार मानिसको मृत्यु भएको छ । त्यहाँ २३ लाख ५६ हजार संक्रमित भएका छन् ।
ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको आलोचना गर्दा उनी भने बेफ्रिकी देखिएका छन् । एजेन्सी
Comments