Sajhamanch Archive

कोरोना नियन्त्रणमा प्रदेश १ को २५ करोड खर्च

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

रंगेली । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना नियन्त्रणको लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख खर्च गरेको बताएका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा मन्त्री कार्कीले कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारको तर्फबाट मन्त्री कार्कीले खर्च विवरण सार्वजनिक गरेका थिए । प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि प्रदेश १ सरकारले निर्माण गरेको जनसुरक्षा कोषमा २९ करोड ५१ लाख ७३ हजार जम्मा भएको थियो । उक्त कोषबाट प्रदेश सरकारले १९ करोड ८२ लाख ७१ हजार खर्च गरिसेकेको छ ।

कोषको रकम मुख्यमन्त्रीको कार्यालयले ५० लाख खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २ करोड खर्च गरेको छ । कोरोना नियन्त्रणको लागि कोषबाट सबैभन्दा बढी १५ करोड ३४ लाख आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको छ । कोषबाट सामाजिक विकास मन्त्रालयले २ करोड ४८ लाख खर्च गरेको छ ।

कोषबाहेक सामाजिक विकास मन्त्रालयले आफ्नो नियमित बजेटमार्फत ३ करोड ३० लाख कोरोना नियन्त्रणको लागि खर्च गरिसकेको छ । त्यसैगरी नेपाल सरकारले प्रदेश १ सरकारलाई कोरोना नियन्त्रणको लागि २ करोड २० लाख पठाएको मन्त्री कार्कीले जानकारी दिए ।

सबै खर्च गरेर प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि २५ करोड ८३ लाख ९३ हजार खर्च भएको आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *