शिवसताक्षी नगरपालिकाद्वारा १ अर्ब १ करोड बढीको बजेट सार्वजनिक, कृषि र स्वास्थ्यलाई प्राथमिकता
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ का लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार छैटौ नगरसभामा १ अर्ब १ करोड ७५ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको हो । नगरले कृषि स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राख्दै आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नगरपालिकाको कार्यालय ब्याङ्डाँडामा आयोजित नगरसभामा उपप्रमुख भोजकुमारी नेपालले कृषि क्षेत्रको बिकासक लागि कृषिलाई आधुनिकिकरण गर्दै कृषकहरुलाई विभिन्न मेसिन तथा औजार बितरण सँगै वडा नम्बर ४ र ५ लाई धान पकेट क्षेत्रको रुपमा लैजाने योजना रहेको बताइन् ।
शिक्षा क्षेत्रमा सामुदायिक बिद्यालयहरुको भौतिक सुधारसँगै बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ध्यान दिईने भएको छ । नगर सभामा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेले कोरोनाको कहरका बीच बिकास सम्पुर्ण पालिकाहरुले बिकास निर्माणका कामहरुलाई निरन्तरता दिदै लानुपर्नेमा जोड दिएका थिए । उनले फरक प्रसंग जोड्दै प्रदेश नम्बर १ मा कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढ्दै गएको पनि जानकारी दिए । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा सम्पन्न छैटौ नगर सभाको उद्घाटन सत्रमा प्रदेश नम्बर १ का प्रदेश सांसद झलक सिंह दर्लामी, हिरा थापा, समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, पूर्व सांसद तारासम योङ्या लगायतको उपस्थिती रहेको थियो ।
Comments