Sajhamanch Archive

कोरोना संक्रमित बढेसँगैं अक्सिजन अभाव हुनसक्ने डब्लुएचओको चेतावनी

Published: in विश्व समाचार by .

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर ९अक्सिजन दिने मेशिन०को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘कति देश अक्सिजन दिने मेशिनको अभाव झेलिरहेका छन् यो समय माग आपूर्ति भन्दा धेरै भएको छ ।’ अहिलेसम्म विश्वमा ९३ लाख मानिस कोरोनाबाट संक्रमित छन् भने ४ लाख ८० हजारको ज्यान गइसकेको छ । प्रत्येक हप्ता १० लाख बढी नयाँ संक्रमित देखा परेका छन् ।

यसकारण प्रत्येक दिन विश्वमा ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६।२० लाख क्युबिक मिटर अक्सिजन जरुरी छ ।संक्रमणका मामलाको वुद्धिसँगै अक्सिजन दिने मेशिनको कमी हुन गएको छ जुन कोरोना संक्रमित व्यक्तिका लागि श्वास लिन जरुरी पर्छ । टेड्रोसने विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १४ हजार अक्सिजन कंस्नट्रेटर खरिद गरेको छ त्यसलाई १२० देशमा पठाउने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *