Sajhamanch Archive

याैनकाण्डमा परिन् महिला जनप्रतिनिधि, पति हुँदाहुँदै होटलभित्र हेडसरसँग मायापिरती

Published: (Updated: ) in विविधा by .

सिन्धुली । सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण सो काण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएको छ ।

फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य कोपिला (नाम परिवर्तन) र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापकको खाङसाङको एउटा होटेलको कोठाबाट बिहीबार बिहान सात बजे पक्राउ परेका हुन् । उनीहरूका बीच लामो समयदेखि अनैतिकसम्बन्ध रहेको आरोप पक्राउ गर्ने स्थानीयहरूले लगाएका छन् । दुबै जना विवाहित भए पनि अबैध सम्बन्ध राख्ने गरेको जनाइएको छ ।

स्थानीयहरूले वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरलाई एकसाथ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । राजनीतिक दवाव परेपछि प्रहरीले जाहेरी नै नलिएर छाडिदिएको छ ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरविरुद्ध कसैले पनि उजुरी नदिएपछि दुबैलाई गाउँपालिकाको जिम्मा लगाइदिएको सिन्धुली प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले खाङसाङको घटना आन्तरिक भएकोले प्रहरीले नहेरेको बताइन् । उनले भनिन्, ‘त्यो विषय उहाँहरूको आन्तरिक थियो । हामीले हेरेनौँ ।’

एसपी सिग्देलले वडा सदस्य र प्रधानाध्यापकको अनैतिक सम्बन्धका विषयमा अनुसन्धान गर्नुपर्नेमा त्यत्तिकै छाडिदिएकोमा स्थानीयहरू आक्रोशित भएका छन् ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक रातभरि सोही होटेलको एउटै कोठाभित्र सुतेको दुबैले प्रहरी समक्ष स्वीकार पनि गरेका छन् । एउटै कोठाभित्र सुते पनि दुबैले अनैतिक सम्बन्ध नराखेको प्रहरीलाई बयान दिएका छन् ।

फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य कोपिला र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए । उनीहरू होटेलको एउटै कोठाभित्र रातभरि सुतेर अनैतिक कार्य गरेको थाहा पाएपछि स्थानीयहरू जम्मा भइ नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा बुझाएका हुन् ।

वडा सदस्य कोपिलाले आफूहरू एउटै कोठामा सुतेको स्वीकार गरेकी छिन् । कोपिलाले प्रधानाध्यापक मगरसँग नाम जोडेर आफ्ना पतिले कुटपिट गर्नुका साथै विभिन्न किसिमका लाञ्छाना लगाउने गरेको बताएकी छिन् ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरको यौनकाण्ड लुकाउन गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले दवाव दिएकी थिइन् । उनले प्रहरीलाई फोन गरेर मुद्धा नलिएर दुबैलाई गाउँपालिकामा पठाउन भनेपछि कोपिला र मगरलाई गाउँपालिका पठाएको स्रोतले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सुनुवारले वडा सदस्य कोपिलाका पति र प्रधानाध्यापक मगरकी पत्नीलाई बोलाएर दुबैलाई सम्झाइबुझाइ गरेर घर पठाएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *