Sajhamanch Archive

मध्यरातमा विराटनगरमा छुरा प्रहार

Published: in मिडियाबाट साभार, विविधा, सहकारी by .

विराटनगर । विराटनगर महानगरपालिका–५ कोचाखालमा मध्यरातमा छुरा प्रहारको घटना भएको छ । एउटै परिवारका तीन जना दाजुभाई मिलेर छिमेकी ३३ वर्षीय सन्तोश कामतमाथि राति १० बजे छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए । उनकाअनुसार विराट नर्सिङ होममा उपचाररत कामतको अवस्था खतरामुक्त छ ।

कामतमाथि छिमेकीहरु १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय मिलेर राति १० बजे छुरा प्रहार गरेको डीएसपी गौतमले बताए । तीनै जना एउटै परिवारका दाजुभाई हुन् । छुरा प्रहारपछि फरार रहेका तीनै जनालाई शनिबार बिहान प्रहरीले विराटनगरकै विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

स्थानीय बासिन्दाकाअनुसार लगातारको वर्षाले विराटनगरको कोचाखाल क्षेत्र डुबानमा पर्ने अवस्था आएको थियो । वस्ती डुबानमा पर्न लागेको खबरसँगै महानगरपालिका कार्यालयले जाम भएको नाला खुलाउन डोजर पठाएको थियो । डोजरले जाम भएको नाला खुलाउने क्रममा राय परिवारको घर अगाडि खन्न थालेपछि विवाद सुरु भएको पाइएको प्रहरीले जनाएको छ ।

डोजर बोलाएर आफ्नो घर अगाडि खन्न लगाएको भन्दै तीन दाजुभाई मिलेर कामतमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गौतमले बताए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *