Sajhamanch Archive

कनकाई नदि कटानका कारण शिवसताक्षीका पाँच परिवार विस्तापित

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । कनकाई नदिमा आएको बाढीका कारण पाँच परिवार विस्तावित भएका छन् । गएको तीन दिन यता लगातारको बर्षा हुँदा कनकाई नदि काटनले शिवसताक्षीका पाँच परिवार विस्तावित भएका हुन् ।

शिवसताक्षी नपा १० सुकुम्बासी टोलका देवलाल ऋषिदेव, भूपाल चौधरी, गीता ऋषिदेव, चिरन ऋषिदेव र कृष्ण दर्जीका गरी पाँच परिवारका २२ जना विस्थापित भएका हुन् ।

विस्थापित भएसँगै नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाका मन्त्री चन्द्र चुडाँल र कोषाध्यक्ष हेम खड्का, नेरेसो शिवसताक्षी उपशाखाका सचिव गोविन्द काफ्ले, जनप्रतिनिधि भाष्कर सिटौलाले विस्थापित परिवारलाई राहत सामाग्री प्रदान गरेका छन् । उनीहरुलाई त्रिपाल २ थान, कम्बल २ थान, मेट्रेस २ थान, बाल्टी १ थान र प्लाष्टिकका डोरी प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी सचिव गोविन्द काफ्लले जानकारी दिए ।

विस्थापित परिवारलाई नजिकैको सुकुम्बासी बस्ती नजिकैको नर्सरीमा स्थानान्तरण गरिएको वडा सदस्य भाष्कर सिटौलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *