Sajhamanch Archive

दूधे आयुर्वेदद्वारा स्थानीय जडिबुटीहरुको परिचय र पहिचान

Published: in विविधा, समाज, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षीको दूधे आयुर्वेद औषधालयले स्थानीय जडिबुटी सम्वन्धी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार दूधे आयुर्वेदको कार्यालयमा एक कार्यक्रमको आयोजना आफ्ना बारी, खेत तथा वरपर रहेका जडिबुटीहरुलाई पहिचान गर्न सहभागीहरुलाई जानकारी गराइएको हो ।

कार्यक्रममा उप्रमुख भोजकुमारी नेपालले आयुर्वेद पुरानो र दीर्घ रोग सम्म सहजै निको पार्ने भएकाले पनि पछिल्लो समय धेरै मानिसहरुले आयुर्वेद पद्धतीबाट उपचार गराउन थालिएको बताइन् । आफ्नै घर, आँगन, वरपर जडिबुटीहरु भेटिन्छन् तर हामी चिन्दैनौ, त्यसैले यसको पहिचान गरी प्रयोगमा ल्याउन समेत उनले सुझाइन

सहभागीहरुलाई जडिबुटीहरुको प्रत्यक्ष चिनारी, प्रयोग विधि, मात्रा र जडिबुटी प्रयोग हुने अंगका बारेमा दूधे आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिएका थिए ।  कार्यक्रममा शिवतसाक्षीका वडा नं. ९,१०, र ११ का ३० जनाले सहभागीता जनाएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जिल्ला समन्वय समिति सदस्य जुनु मोहोरा, वडाअध्यक्षहरु छविलाल पाठक, भैरवकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *