Sajhamanch Archive

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला, चार आतंकवादी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादी सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् ।

मिडिया रिपोर्टका अनुसार सोमबार बिहान १० बजे चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । भवनभित्र पसेपछि उनीहरुले अन्धाधुन्द गोली प्रहार गर्न सुरु गरेका थिए ।

घटनामा दुई जना सर्वसाधारणको पनि मृत्यु भएको र केही घाइते पनि रहेको बताइएको छ । प्रहरीका सर्जन डा. करार अहमद अब्बसीका अनुसार हालसम्म ५ जनाको शव र प्रहरीसहित सात जना घाइतेलाई डा. रुथ पफाउ सिभिल अस्पतालमा ल्याइएको जानकारी दिए ।

गोलीबारी सुरु भएलगत्तै प्रहरी र रेन्जर टोली त्यहाँ पुगेर चार आतंककारीलाई मारेको सिन्ध रेन्जर्सले जानकारी दिएको छ । अहिले सो क्षेत्रलाई ‘क्लियर’ गर्ने प्रक्रिया भइरहेको उनीहरुले जनाएका छन् ।

अक्रमणकारीबाट हतियार र विस्फोट पदार्थ बरामद गरिएको सुरक्षाकर्मीले जनाएका छन् ।

स्रोत : डन डटकम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *