Sajhamanch Archive

 एकदिवसीय क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै

Published: in खेलकुद by .

काठमाडाैं नेपालले बुधबार नेदरल्यान्डसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ। नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो।

गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्यान्डबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए। नेपालका लागि यो खेल इतिहास पनि हो।  नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ।

पछिल्ला दिनमा ब्याटिङ पनि सुध्रिँदै गएको छ। यही क्रमलाई निरन्तरता दिँदै प्रदर्शन गर्‍यो भने नेपालले जित हासिल गर्न सक्छ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन्।

नेपाली टोलीका कप्तान पासर खड्काले आईसीसीसँगको अन्तर्वार्तामा भनेका छन् ‘नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी हो। यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य रहेको छ ।’

नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो।

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो। २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाएको थियो। यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो।

-थाहाखबर

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *