Sajhamanch Archive

बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by .

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् ।

के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन प्राप्त हुन्छ ?

इंल्यान्डमा बस्ने टिम पावेल बिहान चाडै उठ्न पटक्कै रुचाउँदैनन् । यद्यपि उनी सधै ६ बजेअघि उठ्छन् । उठेर जिम जान्छन् । त्यसपछि काममा जाने तयारी गर्छन् । बिहान ९ बजे काम सुरु हुनुअघि नै उनी अफिस पुगिसकेका हुन्छन् । उनी आफ्नो अफिसमा बनेको पार्कमा केहीबेर टहल्छन् ।

बिहिबारको दिन टिमको काम अरु चाडै सुरु हुन्छ । उनले ५ बजेर २० मिनेट जाँदा ओछ्यान छाडिसकेका हुन्छन् । यस दिन उनी आफ्नो काममा जानुअघि जर्मन भाषा पनि सिक्छन् ।

टिम दैनिक आधा घण्टा भरपुर श्रम गर्छन् । वसेर आरमसाथ नास्ता गर्छन् । केही समय पार्कमा टहल्छन् । जर्मन भाषा सिक्छन् । यी सम्पूर्ण काम उनी अफिस जानुअघि पुरा गर्छन् ।

टिम पावेल हरेक हप्ता ७० घण्टा काम गर्छन् । उनी इंल्यान्डको नाटिंघम शहरमा प्याटेन्ट सम्बन्धित वकिल हुन् । जागिरकै कारण उनले बिहान चाडै उठ्नुपर्छ । यदि त्यसो गरिएन भने उनले आफ्नो व्यक्तिगत जिन्दगीका लागि अरु काम गर्न भ्याउँदैनन् ।

बिहान चाडै उठ्ने बानी पार्न उनलाई निकै गाह्रो भयो । पहिले पहिले बिहान उठेपछि उनलाई अल्छी लाग्थ्यो । कति पटक त उनी उठेर फेरी सुतेका छन् । तर, नियमितको अभ्यासले बिहान उठ्ने बानी बस्यो । उनी भन्छन्, ‘तपाईं पहिलो दिन नै सगरमाथा चढ्छु भनेर सोच्न सक्नुहुन्न ।’

धेरै सफल व्यक्ति बिहान चाडै उठेर आफ्नो जरुरी काम, कुनै विना अवरोध पुरा गर्न रुचाउँछन् । विख्यात पत्रिका भोगकी सम्पादक अन्ना विन्टरको बारेमा त धेरैलाई थाहा छ कि, उनको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । काम सुरु गर्नु एक घण्टा अघि उनी टेनिस समेत खेल्छिन् ।

भुक्तभोगीहरुका अनुसार बिहान उठेपछि र कार्यलय पुग्नुअघिको समय निकै महत्वपूर्ण हुन्छ । यस अवधिमा त्यस्ता काम पुरा गर्न सकिन्छ जो व्यक्तिगत जीवनका लागि खास महत्व राख्छ । त्यो काम आफ्नो जागिरसँग जोडिएको नहुन सक्छ । जस्तो कि टिम पावेल जर्मन भाषा सिक्छन् र उनी स्वस्थ्य एवं तन्दुरुस्तीका लागि जिम जान्छन् ।

कतिपयले यस अवधिमा आफ्ना अधुरो पुस्तक पूर्ण गर्ने कोशिश गर्छन् । त्यसैगरी कतिपय मान्छेले यो खाली समय परिवारसँग बिताउने गर्छन् ।

अब प्रश्न उठ्छ कि बिहान चाडै उठ्ने बानी कसरी बसाउने ?

अष्ट्रेलियकाका पर्थ युनिभर्सिटीका प्रोफेसर मार्टिन हैगर भन्छन्, ‘तपाईंको दैनिक तालिका तपाईंको बानीमा निर्भर गर्छ ।’ मान्छेले आफ्नो बानीलाई कसरी काबुमा राख्न सक्छन् भन्ने विषयमा उनले खोज-अध्ययन गरिरहेका छन् । यसबाट उनले के थाहा पाएका छन् भने, यसका लागि मान्छेले प्रतिबद्ध भएर आफ्नो दैनिक तालिका तय गर्नुपर्नेछ । राती चाडै सुत्ने र बिहान चाडै उठ्नका लागि उनले सोही तालिका अनुरसण गर्नुपर्छ । यसरी बिहान चाडै उठेर मान्छेले आफ्नो व्यक्तिगत एवं महत्वपूर्ण काम पुरा गर्न सक्छन् ।

मार्टिन हैगरले आफैमाथि यस्तो प्रयोग गरेका छन् । उनी बिहान ६ बजेअघि नै उठ्छन् । बिहान उठेर आफ्नो काम गर्छन् । स्वस्थ्यकर नास्ता खान्छन् । ७ बजेपछि उनी अफिस जान्छन् ।

यदि बिहानको काम साँझमा गर्छु भनेर बाँकी राख्ने हो भने साँझमा शरीर एकदमै थकित भइसकेको हुन्छ । उनी सुत्नुअघि नै बिहानको तयारी गर्छन् । अर्लाम लगाउँछन् । र, सुत्छन् ।

तर, बिहान उठ्नका लागि खास नियम छैन । जानकार भन्छन्, आफ्नो दिनचर्या कुन समय सुरु गर्ने हो यो तपाईंमा भर पर्ने कुरा हो । हरेक मान्छेको अलग कार्यतालिका हुन्छ, अलग लक्ष्य हुन्छ र अलग जीवनशैली हुन्छ ।

महत्वपूर्ण कुरा त के भने तपाईंले आफ्ना लागि बिहानको समय कसरी निकाल्नुहुन्छ भन्ने हो । यदि तपाईंलाई बिहान उठ्न गाह्रो हुन्छ भने दैनिक थोरै समय अघिको अर्लाम लगाउनुहोस् । क्रमस बिहान चाडै उठ्ने बानी बस्छ ।

‘ह्वाट द मोस्ट सक्सेसफुल पीपुल डू बिफोर ब्रेकफास्ट’ नामको पुस्तक लेखक लाउरा भान्देरकाम भन्छिन्, ‘बिहानको समय नितान्त तपाईंको आफ्नो हुन्छ । कसैले पनि यो आफ्नो समय गुमाउन चाहँदैन । तपाईं दोस्रो जिम्मेवारीलाई अर्को समयमा पनि पुरा गर्न सक्नुहुन्छ । तर, बिहानको समय नितान्त आफ्नो लागि राख्नुहोस् ।’

लाउरा भान्देरकामले सफल र एकदमै व्यस्त व्यक्तिहरुको दैनिकी नियालेकी छिन् । उनले के पाएकी छिन् भने सफल र व्यस्त व्यक्तिहरुले बिहानको समय नितान्त आफ्नो लागि साँचेर राख्छन् । यस अवधीमा उनीहरु आफ्नो स्वास्थ्यका लागि समय खर्चन्छन् वा केही नयाँ सिक्नका लागि । कतिपयले भने परिवारका लागि खर्चन्छन् ।

उनी भन्छिन्, ‘यदि तपाईं केह गर्न चाहनुहुन्छ । तर, सयम पाइरहनुभएको छैन भने उक्त काम बिहानको समयमा पुरा गर्ने प्रयास गर्नुहोस् । बिहान चाडै उठेपछि राती चाडै सुत्ने अभ्यास गर्नुहोस् । टिभी हेर्नमा वा इन्टरनेट चलाउनमा रातीको समय बर्बाद नगर्नुहोस् ।’

अमेरिकाका मिशिगनस्थित अल्बियन कलेजकी एसोसिएट प्रोफेसर मारिके वीथ भन्छिन्, ‘जसरी बिहान चाडै उठ्नेहरुले समयको फाइदा उठाउन सक्छन्, त्यसैगरी राती अबेरसम्म बस्नेले पनि समयको फाइदा उठाउन सक्छन् ।’ उनले आफ्नो रिसर्चमा के पाए भने राती अबेरसम्म बस्ने व्यक्ति बिहानभन्दा बढी सिर्जनशिल हुन्छन् । त्यस समयको उनीहरुले भरपुर फाइदा उठाउन सक्छन् ।

फ्लोरिडा स्टेट युनिभिर्सिटीका प्रोफेसर राय बामिस्टर भन्छन् बिहान उठेर जो कोहीले आफ्नो जागिरका अप्ठ्यारा एवं समस्याहरु राम्ररी समाधान गर्न सक्छन् । उनका अनुसार बिहानको समय हाम्रो इच्छाशक्ति अरु बढी हुन्छ । दिनको समयमा यसमा कमी आउँछ ।

त्यसैले बिहान चाडै उठेर यो समयको भरपुर फाइदा लिन सकिन्छ ।

स्रोत : बिबिसी हिन्दी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *