Sajhamanch Archive

१२ कक्षाको नतिजा बिहीबार सार्वजनिक गरिने

Published: (Updated: ) in विविधा by .

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्‍यो । आज नतिजा प्रकाशन गर्न सकेनौं ।’ परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

बोर्ड स्रोतका अनुसार परीक्षा नियन्त्रकले मंगलबार नै नतिजाको लागि सम्पूर्ण काम सकिएको जानकारी बोर्ड अध्यक्षलाई गराइसकेका थिए ।

बोर्डका केही सदस्य बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा भोलिका लागि सारिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘काम मंगलबारै सकिएको छ। बोर्डका पदाधिकारी बसेर डेमो भइसक्यो अब गर्न बाँकी केही छैन । खै किन हो नतिजा सार्वजनिक गर्न ढिला गरियो ।’

यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *