Sajhamanch Archive

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Published: in विविधा, समाज by .

विराटनगर । धनकुटामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोमबार राति साँढे ९ बजे विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को१ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भइ दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पु¥याई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ वर्षीया छोरी जुनु सुब्बा सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाइएको तथा अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *