Sajhamanch Archive

रतुवामाई वृक्षारोपण आयोजनाबाट निःशुल्क बिरुवा वितरण सुरु

Published: in राष्ट्रिय समाचार, समाज, by .

कमल । रतुवामाई वृक्षारोपण आयोजनाले आजबाट निःशुल्क बिरुवा वितरण सुरु गरेको छ ।

राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तरगत आयोजनाले आजबाट टिक, मसला, अनार र सिताफलका बिरुवा वितरण सुरु गरेको आयोजनाले जनाएको छ ।

वन तथा वातारण मन्त्रालयको कार्यक्रम अन्र्तरगत स्थानिय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी बिरुवा  वितरण गर्न लागिएको आयोजना प्रमुख खेमलाल वि.क.ले जानकारी दिए ।

स्थानिय जनताले बिरुवा लिन आउदा निवेदनका साथमा नागरिकताको प्रमाणपत्र, धनिपुर्जा, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद पेश गर्नुपर्ने छ । एक हजार भन्दा बढी बिरुवा लाने कृषकलाई आयोजनाले ढुवानि गरिदिने समेत प्रमुख वि.क.ले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *