Sajhamanch Archive

हरिशयनी एकादशीको धार्मिक कथा र महत्व

Published: in लोकप्रिय by .

असार महिनामा शुक्ल पक्ष एकादशीलाई विभिन्न नामले पुकारिन्छ । जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्यनाभा एकादशी ।असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ । यस क्रममा जति पनि पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तप गरिन्छ, त्यसका विशाल स्वरुप एक शब्दमा ‘चतुर्मास्य’ भनिन्छ । चतुर्मासमा चार मासको समय–बोध हुन्छ र चतुर्मास्यले यस समयका क्रममा गरिएका सबै व्रत–पर्वका समग्र बोध हुन्छ ।

पौराणिक कथा

सत्ययुगमा मान्धाता नामको एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन बर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानिय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।

यसै क्रममा विचरण गर्दै राजा मान्धाता अंगिरा ऋषिको आश्रममा पुगे । राजको कुरा सुनेर अंगिरी ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा आवश्यै पानी पर्नेछ ।’ अंगिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधी विधानपूर्वक देवशयनी एकादशीका व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।

पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पुरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *