Sajhamanch Archive

मरेपछि पनि बिजोग : संक्रमितको शव खाडलमा फालिँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

भारतमा कोरोना संक्रमितको शव व्यवस्थापन र दाहसंस्कार गर्नुको साटो खाडलमा फाल्न थालिएको छ। आफ्नै परिवारका सदस्यले अन्तिम संस्कार गर्न नमानेपछि प्रशासनले संक्रमितको शवलाई जथाभावी फ्याँक्न थालेको बीबीसीले जनाएको छ।

कर्नाटकमा त संक्रमितको यसरी शव फालिएको तस्बिर र भिडियोहरू नै सार्वजनिक भएको छ। त्यहाँको बिल्लारी जिल्लाको बाहिरी इलाकामा शव अलपत्र फ्याँकेपछि इन्टरनेट सामाजिक सञ्चालमा सरकारको निकै आलोचना भइरहेको छ। यसरी शव अलपत्र फ्याँकिएका केही भिडियोहरू पनि सार्वजनिक भएका छन्।

कालो रङ्गको प्लाष्टिकमा बाँधिएको संक्रमितको शवलाई पीपीई कीट लगाएका केही मानिसहरुले लिएर गइरहेको देखिन्छ। केही परसम्म पुर्‍याएर उनीहरुले शवलाई एक ठूलो खाडलमा फालिदिएका छन्। भिडियो र तस्बिरहरु सार्वजनिक भएपछि अहिले भारतमा मृत्युपश्चात व्यक्तिको कुनै सम्मान हुने या नहुने भन्नेबारे बहस छेडिएको छ। बिल्लारी जिल्लाका डेप्युटी कमिश्नर एसएस नकुलले नै प्रशासनको यस्तो कदमको आलोचना गरेका छन्।

उनले भनेका छन्, जसरी शवमाथि हेलचेक्रयाइँ गरिएको छ, त्यो निकै दुःखदायी र अफसोचपूर्ण छ, यो निन्दा गर्न लायक छ, मानिसको शवमाथि मानवीय व्यवहार नै हुनुपर्छ, यसो गर्दा बाँचिरहेका मानिस र परिवारका सदस्यमा निकै आहत पुग्छ। त्यस्ता खाडलमा कीटनाशक औषधी राखेर संक्रमितको शव फाल्ने गरिएको जनाइएको छ। त्यस्ता खाडलमा एकपछि अर्को शव हुर्र्‍याइन्छ र भरिएपछि पुर्ने गरिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *