Sajhamanch Archive

मध्यराति फेसबुक लाइभ गर्दै युवतीद्वारा आत्महत्या

Published: in विविधा, समाज by .

दाङ । दाङको लसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता डीएसपी सुमित खड्काले पुष्टि गरे ।

खबर आउने बित्तिकै प्रहरी टोली परिचालन भएको भए पनि युवतीको कोठामा पुग्दा उनको मृत्यु भइसकेको उनले बताएका छन् । विवाहित उनी माइतीमा बसेकी थिइन् । माइती घरका पनि सबै जना भारत गएकाले उनी कोठामा एक्लै रहेको प्रहरीले जनाएको छ ।

तर घटनाबारे विस्तृत खुल्न बाँकी छ । अहिले युवतीको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ‘हामी घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम र अनुसन्धानपछि थप कुरा खुल्ला’ डीएसपी खड्काले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *