Sajhamanch Archive

श्री प्राथमिक विद्यालयलाई रोटरीको ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ हस्तान्तरण

Published: in विविधा, समाज by .

बिर्तामोड । अर्जुनधारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयलाई रोटरी क्लव अफ बिर्तामोडले ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ शुक्रवार हस्तान्तरण गरेको छ ।

अर्जुनधरा नगरपालिका – ९ मा रहेको श्रीप्राथमिक विद्यालयलाई क्लवले ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

रोटरी क्लव अफ बिर्तामोडका सन २०२०÷०२१ का अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका – ९ का वडा अध्यक्ष पुष्पकुमार प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विपन्न समुदायका नागरिकलाई शुद्ध पिउने पानीको अभाव भएपछि क्लवले एक लाख ५० हजार रुपैयाँ खर्च गर्दै ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ जडान गरिदिएको कार्यक्रममा जानकारी दिइयो ।

यसैबीच कार्यक्रममा रोट्याक क्लव अफ बिर्तामोडले मास्क वितरण गरेको थियो । क्लवका अध्यक्ष प्रवाश थापा लगायतको टिमले कार्यक्रममा सहभागीलाई मास्क बितरण गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *