Sajhamanch Archive

विर्तामोडमा आत्महत्या न्युनिकरण सम्बन्धि एकदिने जनचेतना मूलक कार्यक्रम

Published: (Updated: ) in विविधा, समाज by .

विर्तामोड । आत्महत्या न्युनिकरण सम्बन्धि एकदिने जनचेतनामूलक कार्यक्रम शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ ।

आत्महत्या भनेको के हो ? यसको न्युनिकरणका लागी परिवार र समाजको भुमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा बिएन्डसी हस्पिटल बिर्तामोडका मानसिक रोग बिशेषज्ञ डा. सन्दर्भ अधिकारीले सहजीकरण गरेका थिए । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा सम्पन्न प्रशिक्षणमा ३५ जनाको सहभागीता रहेको थियो ।

मनोबैज्ञानिक असर र नैराश्यतापूर्ण वातावरणले आत्महत्याका घट्नालाई प्रोत्साहन गर्ने भन्दै डाक्टर अधिकारीले यस प्रकारको चुनौतिलाई सामना गर्न सक्षम हुनसक्ने अवस्था निर्माण गर्नु समाज तथा परीवारको दायीत्व रहेको उनले बताए । सकारात्मक सोच नै जीवनको आधार भन्ने सन्देशमूलक एक लघुबृत्त चित्र र सुसाईड सम्बन्धि नाटक समेत प्रस्तुत गरिएको थियोे ।

सेवा केन्द्र उपाध्यक्ष सन्जिब चापागाईंले बैकल्पिक उपायको कमि भएर गर्ने आत्महत्यालाई निरुत्साहित पार्न सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले विभिन्न ठाउँमा गएर सचेतना गराईरहेको समेत कार्यक्रममा जानकारी गराए । सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड नगरपालीका ४ का वडाअध्यक्ष कुल प्रसाद संग्रौला ,ईलाका प्रहरी कार्यालय अनारमनी प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *