Sajhamanch Archive

भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा, संक्रमितको संख्या सात लाख नजिक

Published: in विश्व समाचार, स्वास्थ्य by .

 भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३२ जनामा कोरोना संक्रमित थपिएसँगै भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको हो । भारत भन्दा माथि ब्राजिल र अमेरिका छन् ।

वल्डो मिटरको तथ्याङक अनुसार सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४२१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ७ सय पुगेको छ । संक्रमित मध्ये ४ लाख २१ हजार कोरोना जितेर घर फर्किएका छन ।

कोरोना प्रभावित देशको सूचीको पहिलो स्थानमा रहेको अमेरिकामा २९ लाख ८१ हजार संक्रमित छन । पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार कोरोना संक्रमित थपिएका छन ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ लाख ४ हजार पुगेको छ । चौथो स्थानमा रहेको रसियामा कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *