Sajhamanch Archive

प्रदेश १ मा लामो समय एकैठाउँमा बसेका प्रहरी हटाइए

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

विराटनगर । सरुवा भएर पनि रमाना नलिइ लामो समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ ।

प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका जिल्लामा पठाइएको छ । अझै ८ सय ७ जना सरुवा भएर पनि रमाना नलिइ बसेको उनले बताए । पोखरेलले भने, ‘बाँकी रहेकालाई पनि सरुवा भएकै ठाउँमा पठाउँदैछौं ।’

प्रहरीले उपलब्ध गराएको सूची अनुसार अहिलेसम्ममा इलामबाट ४६, उदयपुरबाट ४५, आखलढुंगाबाट ३२, खाटाङबाट ४९, झापाबाट ११२, ताप्लेजुङबाट ४३, तेह्रथुमबाट ३७, दंगा नियन्त्रण गणबाट २३, धनकुटाबाट ३२ जना सरुवा भएको क्षेत्रमा पठाइएका छन् ।

पाँचरबाट ६१, भोजपुरबाट ३८, मोरङबाट १ सय २३, विपद व्यवस्थापना शाखाबाट २, संखुवासभाबाट १९, सुनसरीबाट ११६ र सोलुखुम्बुबाट २१ जना गरी ७९९ जना सरुवा भएको क्षेत्रमा पठाइएको छ ।

प्रदेश नं.१ प्रहरी प्रमुख ईश्वरबाबु कार्की प्रहरीको सेवा प्रवाह सुधारका लागि यो कार्य गरिएको बताउँछन् । ‘लामो समय एकैठाउँमा हुँदा निकटता र अन्य कुराले पनि काम गर्न सहज हुँदैन’, कार्कीले भने, ‘नयाँ ठाउँमा नयाँ तरिकाले काम गर्ने अवसर पनि हुने भएकाले सरुवालाई कार्यान्वय गराएका हौं ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *