Sajhamanch Archive

१७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान

Published: in खेलकुद by .

इन्डोनेसियामा हुने १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेको छ ।

नेपाली टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपाल जुडो संघले यस प्रतियोगितालाई एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ ।

थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले जनाएको छ । हंगेरीमा केही दिन प्रशिक्षण गरेर उनीहरुले बुडापेस्ट ग्राँपी जुडो प्रतियोगितामा समेत सहभागिता जनाउनेछन् । त्यताबाट सोझै नेपाली टिम इन्डोनेसिया जानेछ ।

१४ सदस्यिय नेपाली टिमलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले विदाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपाली टिममा ६ पुरुष तथा चार महिला खेलाडी छन् । टिमका साथमा तीन जना प्रशिक्षक र एक जना ब्यवस्थापक रहेका छन् । पुरुष ६६ केजीमा इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमा सञ्जित डंगोल, ९० केजीमा श्रीराम माकाजु, १०० केजीमा रविन श्रेष्ठ, ६० केजीमा उमेश मगर र ८१ केजीमा संजय महर्जन छन् ।

यस्तै महिला तर्फ ५२ केजीमा देविका खड्का, ५७ केजीमा मनिता श्रेष्ठ प्रधान, ७८ केजीमा पुनम श्रेष्ठ र ४८ केजीमा सुमित्रा राई छन् ।

रोमानियाली प्रशिक्षक डान टेलेर्काको नेतृत्वमा रहेको नेपाली प्रशिक्षण टोलीको सहभायक प्रशिक्षकमा चन्द्र कुमार डंगोल र देवु थापा छन् ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *