Sajhamanch Archive

म्याग्दीको मराङमा पहिरो, सातजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नंं.६ मराङको रिखामा गएराति गएको पहिरोमा पुरिएर सातजना वेपत्ता भएका छन् ।

घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार १५ जना पहिरोमै फसेका छ्न । उनीहरुको उद्दार कार्य जारी छ । हेलिकप्टर जाने तयारी भएपनि खराब मौसमका कारण उड्न सकेको छैन ।

यस्तै रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको ढकालले बताए ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *