Sajhamanch Archive

म्याग्दी पहिरो : मृतकको संख्या २० पुग्यो, १२ जना अझै वेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

पोखरा । म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो ।

धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिएका छन् ।

धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको प्रमुख कुँवरले जानकारी दिए ।बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ ।

मराङमै ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।

मालिका–६ की गीता रोका दुखुखोलामा बेपत्ता भएको उनले जानकारी दिए । कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन पनि पहिरोमा हराइरहेको प्रहरीले जनाएको छ ।

‘शुक्रबारदेखि अहिलेसम्म २० जनाको शव भेटिएको छ, बाँकीको पनि खोजि कार्य जारी छ,’ डिएसपी कुँवरले भने, ‘प्रतिकुल मौसम र बिकटताका कारणले समयमै उद्धार गर्न सकेनौं ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *