Sajhamanch Archive

प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा चार- चार जना, मोरङमा तीन र झापामा दुई जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितमा सुनसरीको धरानका चार जना पुरुष, उदयपुरको बेलकाका चार जना पुरुष, मोरङको विराटनगरका दुई जना पुरुष, मोरङको सुन्दरहरैंचाका एक पुरुष र झापाको भद्रपुरका दुई जना पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२१ पुगेको छ ।

प्रदेश १ मा आजै ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका दुई /दुई जना र सुनसरीका एक जना कोरोना ठिक भई डिस्चार्ज भएका हुन् । उनीहरु असार १२ देखि १७ गतेसम्म अस्पतालमा भर्ना भएका थिए ।

स्रोत – बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *