Sajhamanch Archive

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको असार २६ गते मृत्यु भएको हो

यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको असार २५ गते मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए।

यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ४ घर भएका ५४ वर्षीय एक पुरूषको पनि असार २५ गते मृत्यु भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *