Sajhamanch Archive

घर बनाउने क्रममा लडेर झापामा एकजनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

झापा । झापाको दमक नगरपालिका वडा नं. ८ का ६० वर्षीय आतादुल धोनियाको लडेर मृत्यु भएको छ ।

दमक ६ मा अवस्थित एक निर्माणाधनी घरमा मिस्त्री काम गर्दै आएका उनी दोस्रो तलामा लडेर बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरको फिनिसिङको काम गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *