सहारा नेपालले दियो शिवसताक्षीका सदस्यलाई आर्थिक सहयोग
Published:
by .शिवसताक्षी । सहारा नेपाल साकोस कुमुदिनी सेवाकेन्द्र शिवगञ्जले केही महिना अघि निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाले आफ्ना सदस्य तथा सदस्यको परिवारमा सदस्यको मृत्यु हुँदा सदस्यलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सदस्यको शेयर पुँजी आर्थिक कारोबार र कारोबार समयलाई आधार मानी आर्थिक सहयोग गर्दै आएको हो।
कुमुदिनी सेवाकेन्द्र शिवगञ्ज कार्यालयले शिवसताक्षी वडा नम्बर ६ शेयर सदस्य नम्बर २०१०४ का सदस्य श्री जीवनप्रसाद न्यौपानेको परिवारलाई रू २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । शिवसताझी वडा नम्बर ५ शेयर सदस्य नम्बर २०५२२ का सदस्य श्री गंगाप्रसाद ताजपुरियाको परिवारलाई १ लाख ९० हजार प्रदान गरेको छ । त्यस्तै शिवसताक्षी वडा नम्बर ४ शेयर सदस्य नम्बर १५९२४ का सदस्य श्री बेङ्ग प्रसाद ताजपुरियाको परिवारलाई राहत स्वरुप रू १ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको छ । राहत पाउने सेयर सदस्यका परिवारले सहारा नेपाल साकोस बास्तवमै सदस्य को सुख दुःखको साथी रहेको बताए । सहारा नेपाल साकोस क्षेत्रिय समिति संयोजक लोक वहादुर रोकाले उक्त रकम परिवारलाई हस्तान्तरण गरेका थिए
Comments