Sajhamanch Archive

अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, स्वास्थ्य by .

बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैँले ट्वीट गरेर आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन ।

अमिताभका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ देखिएको छ । अभिषेकले ट्वीटर मार्फत आफू र बुबाको अवस्था सामान्य रहेको जानकारी दिएका छन ।

कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अमिताभ बच्चनलाई कोरोना पाजेटिभ देखिएपछि उनका आफन्त र सहयोगीहरुको पनि कोरोना जाँचको तयारी गरिएको छ ।

कोरोना पोजेटिभ देखिएपछि बच्चनले ट्वीटमा लेखेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । अस्पतालमा लैजाँदै छन् । परिवार र बाँकी कर्मचारी मेरो जाँच तथा परीक्षणमा खटिनुभएको छ । परीक्षणको नतिजाको पर्खाइमा छौँ । १० दिनमा मेरो सम्पर्कमा आउनुभएका सबैलाई आ–आफ्नो परीक्षण गर्नुहोला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *