पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन
Published:
by .काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।
नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो ।
दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए ।
Comments