Sajhamanch Archive

बोत्तल समाउन खोज्दा बगेका बालकको शव भारतमा फेला

Published: in मिडियाबाट साभार, समाज by .

बैतडी । बैतडीको चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा फेला मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका वडा नं. ६ चौसेराका ९ वर्षीय रुपेश नाथ रहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

डिलाशैनी गाउँपालिका वडा नं.६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका हुन्।

बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा बगेका गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोजसिंह साउँदले बताए।

बालकको शवको परीक्षण भारतमै गरिने र सोमबार झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ उनले भने, ‘ मृतकका २ जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ।’

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *