Sajhamanch Archive

१०४ वर्षे महिलाले घरमै बसेर जितिन् कोरोनालाई

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । इङ्गल्याण्डको केन्टमा बसोबास गर्ने १०४ वर्षे महिलाले घरमै बसेर कोरोनालाई जितेकी छन् ।

ग्रेस ग्रिनउड नाम भएकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न सक्दैनथिन् । उनलाई सास फेर्न पनि गाह्रो भएको थियो । तर उनलाई कोरोना संक्रमणको उपचार गर्न अस्पताल जानु परेन । अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् ।

उनका परिवारका सदस्यहरुका अनुसार उनले जीवनमा धेरै कष्ट व्यहोरेकी छन् । आफ्नो जीवनको अधिकतम समय उनले बिरामीहरुको सेवामा बिताएकी छन् । त्यसैले पनि उनमा चुनौतीहरुको सामना गर्ने हिम्मत छ । ग्रेसको जन्म म्यानमार (बर्मा)मा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरेकी थिइन् । त्यसपछि लामो समुद्री यात्रा तय गर्दै उनी सन् १९४६ मा इङ्गल्याण्ड गइन् ।

लण्डनमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अगाडि उहाँ बिरामी हुनुभयो । डाक्टरहरुले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदा हामी डराएका थियौं किनभने हामी जहाँ बसिरहेका छौं, त्यहाँ धेरै व्यक्तिको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।’ उनी भन्छिन्, ‘कोरोना संक्रमण भएको जानकारी दिँदा पनि उहाँलाई केही फरक परेन ।’ क्रिस्टल भन्छिन्, ‘मेरी हजुरआमामा आत्मविश्वासी हुनुहुन्छ र उहाँ दैनिक कसरत गर्न चाहानुहुन्छ ।’ (ऐजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *