Sajhamanch Archive

सोमबार थपिए १४४ जना कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना डिस्चार्ज भएका छन् । योसँगै कूल १० हजार २९४ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ५ हजार ८५६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ४७० जना रहेका छन् भने आइसोलेसनमा ६ हजार ६१३ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *