Sajhamanch Archive

नदीले बगाएर बेपत्ता भएका राई मृत फेला

Published: in मिडियाबाट साभार, समाज by .

झापा । झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ ।

भद्रपुर नगरपालिका वडा नं.३ बस्ने ३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा आज दिउसो साढे १ बजे कचनकबल गाउँपालिका वडा नं.५ बागाडागी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

                                                                                         स्रोत : झापा अनलाइन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *